बिहिबार, साउन १४ २०७८

म अब जसपा र राजमोसँग मिल्छु, एकदम राम्रा लेडिज छन् त्यहाँ: मनाङे


  • नेपालदीप
  • बुधबार, असार ९ २०७८
7.4K
SHARES

पोखरा। गण्डकीका विना विभागीय मन्त्री दिपक मनाङे अहिले सेलिब्रेटी जस्ता भएका छन्। उनले जे बोले पनि त्यो भाइरल हुन्छ। धेरै जसो सिधा भन्दा पनि ठट्यौली ढंगबाट मनाङे प्रतिक्रिया दिन्छन्। कहिले वाहवाही हुन्छ,कहिले आलोचना। जे भएपनि उनि अहिले मिडियामा छाइरहेका छन्।

यसै बीच मनाङेले आफू अर्को चुनावमा पनि स्वतन्त्र उम्मेदवारका रुपमा लड्ने बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि विभिन्न अड्कलबाजी भइरहेको बेला मनाङेले यस्तो बताएका हुन्।

मनाङेले प्रदेशमा आफू जनता समाजवादी र जनमोर्चासँग मिलेर अघि बढ्ने बताए। नेपालप्रेस अनलाइनलाई अन्तर्वार्ता दिँदै मनाङेले भनेका छन्, ‘म आउने चुनाव पनि स्वतन्त्र नै लड्छु। यो प्रदेशमा चाहिँ जसपा, जनमोर्चा र म मिलेर जान्छौं। किनभने यस्तो बेलामा पनि हामी मिलेको छौ।’

बढो ठट्यौली पारामा मनाङेले जसपा र जनमोर्चासँग मिल्नुको कारण बताए। उनले जसपा र राजमो दुवैमा महिलाहरु भएकाले आफूलाई पार्टी मनपरेको भन्न भ्याए। उनले भने, ‘यी दुवै पार्टी पनि मलाई मन परेको छ। जनमोर्चाको लेडिज र जसपाको पनि लेडिज भएकाले मलाई राम्रो लागेको हो। एकदम राम्रा छन् क्या तिनीहरू। राजनीतिमा यस्तो हुनुपर्छ।’

मनाङेले जसपाको महिला सांसदलाई मन्त्री बनाउन लबिङ गरिरहेको पनि खुलाए। उनले भने, ‘हो यार, मैले उहाँको खटन पटन देखेँ। हामीलाई राम्रो मान्छे चाहिने हो नि त। यस्तो व्यक्तिलाई मैले सहयोग गर्नुपर्छ। महिलालाई नेतृत्वमा ल्याउनुपर्छ। लेडिज भनेर नहुने रहेछ हेर्नुस्, केटाहरूजस्तो रक्सी खाएर त बिकेका छैनन्। केटाहरु त रक्सीमा बिक्छन्। महिला त कहिल्यै यस्तोमा बिकेको छैन नि त। जनमोर्चाको कृष्ण थापालाई हेर्नु त। यस्तो फटाहा व्यक्ति पनि नेता हुन्छ। पद त बेचेर खाए-खाए, फेरि मुद्दा पनि हाल्न भ्याए।’

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट