म अब जसपा र राजमोसँग मिल्छु, एकदम राम्रा लेडिज छन् त्यहाँ: मनाङे

पोखरा। गण्डकीका विना विभागीय मन्त्री दिपक मनाङे अहिले सेलिब्रेटी जस्ता भएका छन्। उनले जे बोले पनि त्यो भाइरल हुन्छ। धेरै जसो सिधा भन्दा पनि ठट्यौली ढंगबाट मनाङे प्रतिक्रिया दिन्छन्। कहिले वाहवाही हुन्छ,कहिले आलोचना। जे भएपनि उनि अहिले मिडियामा छाइरहेका छन्।
यसै बीच मनाङेले आफू अर्को चुनावमा पनि स्वतन्त्र उम्मेदवारका रुपमा लड्ने बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि विभिन्न अड्कलबाजी भइरहेको बेला मनाङेले यस्तो बताएका हुन्।
मनाङेले प्रदेशमा आफू जनता समाजवादी र जनमोर्चासँग मिलेर अघि बढ्ने बताए। नेपालप्रेस अनलाइनलाई अन्तर्वार्ता दिँदै मनाङेले भनेका छन्, ‘म आउने चुनाव पनि स्वतन्त्र नै …