बिहिबार, साउन १४ २०७८

कविता: सायद


  • नेपालदीप
  • बुधबार, असार ९ २०७८
3.1K
SHARES

सायद तिमी मेरी
हुन सक्थ्यौ
सायद
यदि उमेरको खाडल

समाजको पर्खाल नहुँदो हो त
सायद
मेरो विवेक नहुँदो हो त
मेरो आत्मा नबँच्दो हो त
सायद
म मेरा नजरमा नगिर्दो हु त
मेरो चेतनमा नछिर्दो हूँ त
सायद
तिमि पुज्न म नसक्दो हुँ त
तिम्राे झरीमा रुझ्न नसक्दो हुँ त
सायद म म नहुँदो हुँ त
मैंले मैलाई नछुँदो हुँ त
तर
सायद
म सक्छु आफू भित्र आफूलाई
मात्र आँफूलाई पाउन, बुझ्न
आँफूलाई थाम्न र आँफैमा रम्न
त्यसैले त तिमी
तस्वीर मै सीमित भयौ
मेरा घरका भित्ताहरूमा
जबकि
मनको भित्ता खालि नै रहिरहेछ
सायद
यो खालिपन तिमीले
चोरेर लगेऊ कि
सायद
त्यहाँ एक तस्वीर
अरू कसैको
कोरिनेछ
सायद
सायद
म फेरि तिम्राे खालिपनमा
स्वयं कोरिई रहनेछु
एक आब्स्ट्रयाक्ट बनेर
सायद..
सायद..
सायद…

–विजय थापा

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट