बिहिबार, साउन १४ २०७८

सङ्खुवासभामा गएराति पहिरोले एक घर पुरियो


  • नेपालदीप
  • बुधबार, असार २३ २०७८
1.3K
SHARES

काठमाडौँ। संखुवासभाको खाँदबारी नगरपालिका–७ सिम्लेमा पहिरोले एउटा घर पुरिएको छ । गएराति घरमाथिबाट खसेको पहिरोले ३४ वर्षका सुरेश गुरुङको घर पुरेको वडा नम्बर ७ का अध्यक्ष मौसम आलेमगरले बताए  । घर पहिरोले पुरिएपछि सुरेशको परिवार विस्थापित भएको छ ।

लगातारको पानीले संखुवासभाको कोशी राजमार्गको माम्लिङ्ग—पिलुवा खोला सडक र मकालु गाउँपालिकाको नुम—फ्याक्सिन्दामा पहिरो जाँदा सडक बन्द भएकाे छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट