बिहिबार, साउन १४ २०७८

पर्वतको सुन्दरे खोलाको बाढीमा परेका तीन जना अझैं बेपत्ता, गाडी भने भेटियो


  • नेपालदीप
  • बुधबार, असार २३ २०७८
1.6K
SHARES

गण्डकी। पर्वत जिल्लाको कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका छन्। गए रातिको भीषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडी र त्यसमा सवार तीन जना बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा कन्स्ट्रक्सनका साइट इन्चार्ज इञ्जीनियर राजाराम आचार्य र गाडी चालक इन्द्र थारु रहेका छन्। अर्का एक जनाको नाम खुल्न नसकेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

प्रहरीले राति १२ बजेदेखि नै खोजी गरिरहे पनि वेपत्ताहरुको पत्ता लाग्न सकेको छैन। अहिले पनि सुन्दरेखोला र मोदीखोलामा खोजी भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।

प्रहरी निरीक्षक अधिकारीका अनुसार खोलाले बगाएको गाडी भने भेटिएको छ। सुन्दरे खोलाले गाडी मोदी खोलामा पुऱ्याएको थियो। गाडी ढुंगाको अक्करमा अड्किएको अधिकारीले बताए।

तर मोदी खोलाको पानीको बहाव अत्यन्तै धेरै रहेकोले गाडी भेटिएको ठाउँसम्म पनि प्रहरी जान सकेको छैन। बेपत्ताहरु गाडी भित्रै रहेको-नरहेको पुष्टि हुन बाँकी रहेको प्रहरीले जानकारी दियो।

बाढीले तीन वटा घर पनि बगाएको छ। खोला किनारमा रहेका घर बाढीले बगाए पनि घरभित्रका मानिसहरु घर छोडेर भागेपछि बाँच्न सफल भएको प्रहरीले जनाएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट