बिहिबार, कार्तिक ११ २०७८

कालीगण्डकी डाइभर्सन विवाद: सर्वोच्चले जारी गर्यो कारण देखाउ आदेश


  • नेपालदीप
  • बुधबार, असार २३ २०७८
6.5K
SHARES

काठमाडौँ। सर्वोच्च अदालतले विवादास्पद कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाविरुद्ध परेको रिटमा सुनुवाई सुरु गर्दै कारण देखाउ आदेश जारी गरेको छ।

अधिवक्ता तुलसीराम पोखरेलले रिट दायर गरेका थिए। उक्त रिटमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मंगलबार विपक्षीका नाममा १५ दिन भित्र लिखित जवाफ दिन आदेश दिएको सर्वोच्चका सूचना अधिकारी किशोर पौडेलले जानकारी दिए।

आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो? माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाणसहित म्याद सूचना पाएको मितिले बाटाको म्यादबाहेक १५ दिन भित्र महान्यायाधीवक्ताको कार्यालय तथा लुम्बिनी प्रदेशको मुख्य न्यायाधीवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्नु भनि आदेश र निवेदनको प्रतिलिपि समेत साथैमा राखी विपक्षीहरुका नाममा म्याद सूचना जारी गरि लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार गरि पेश गर्नु ।’

पोखरेल दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिए पनि त्यो भने अदालतले दिएन। अन्तरिम आदेश हुने नहुने सम्बन्धमा आउँदो साउन ४ गते उपस्थित हुन दुवै पक्षलाई बोलाएको पनि छ।

केन्द्र सरकारले कालीगण्डकी नदीको पानी पथान्तरण गरेर तिनाउ नदीमा खसाली रुपन्देही र कपिलवस्तुका खेतमा सिँचाइ गर्ने तथा विद्युत उत्पादन गर्ने योजना सार्वजनिक गरि बुटवलमा कार्यालय स्थापना गरेको छ।

यो आयोजनाको गण्डकी प्रदेश सरकार तथा त्यहाँका राजनीतिक दलले चर्को विरोध गरिरहेका छन्। कालीगण्डकी नदी मात्रै नभएर सभ्यता रहेकाले आयोजना बन्न कुनै पनि हालतमा नदिने भन्दै स्थानीय बासिन्दाले विरोध गरिरहेका छन्।

Image

Image

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट