बिहिबार, साउन १४ २०७८

मन्त्रालयको गाडी भित्र यौन क्रियाकलाप गरेको प्रहरीले देखेपछि…


  • नेपालदीप
  • शुक्रबार, असार २५ २०७८
1.7K
SHARES

काडमाडौं। बुधबार राती गस्तीमा रहेको प्रहरीले जंगलका बीच गाडी अस्वाभाविक रुपमा हलचल भएको देख्यो। मध्यरातमा त्यहिँ पनि जंगलको माझमा गाडीको हलचलले प्रहरी सतर्कसँगै शशंकित बन्यो।

राति ११ बजे सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको गाडीलाई घेरा हालेर हेर्दा [प्रहरीले यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा महिला र पुरुषलाई भेट्यो।

अनुसन्धानको क्रममा गाडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको रहेको खुल्यो। जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार जंगलमा प्रदेश नंम्बर ३–०१–००२ झ ५०५२ नम्बरको गाडी रोकेर ती महिला र पुरुष अश्लील गतिविधि गरिरहेका थिए।

प्रहरीलाई देखेपछि बाहिर रुँगिरहेका व्यक्ति त्यहाँबाट भागेका थिए। शंका मान्दै नजिक पुगेर हेर्दा गाडीभित्र युवती नाङ्गै अवस्थामा देखिएको प्रहरीको भनाइ छ। प्रहरी आइपुगेको चाल पाएपछि यौन सम्पर्क गरिरहेका युवक गाडीको ढोका खोलेर नाङ्गै त्यहाँबाट भागेका थिए।

गाडीभित्र यौनजन्य गतिविधि गरेको आरोपमा तीन जनालाई बुधबार राति ११ बजे पक्राउ गरेर सोधपुछ गरिरहेको भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक गिरीले जानकारी दिएका छन्।

उनीहरुविरुद्ध सार्वजनिक स्थानमा यौन क्रियाकलाप गर्न नहुने कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ। गाडी चालक मन्त्रालयकै कर्मचारी रहेको खुलेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट