बिहिबार, साउन १४ २०७८

अबको तीन दिनसम्म नै पानी पर्ने मौसमविद्को भनाई


  • नेपालदीप
  • सोमबार, असार २८ २०७८
1.4K
SHARES

काठमाडौँ। मौसमविद्ले अबको तीन दिन नै पानी पर्ने सम्भावना रहेको बताएका छन् । केही दिनयता देशभर पानी परिरहेको छ । यो क्रम तत्काल रोकिने अवस्था नरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिएका छन्  । उनका अनुसार लगातार झरी पर्ने सम्भावना भने छैन तर पानी पर्दै रोकिने क्रम भने अझै केही दिन चलिरहने छ ।

बङ्गालको खाडीबाट जलवाष्युक्त हावा नेपाल भित्रिरहेकाले पनि मनसुन थप सक्रिय भएको छ । गएराति प्रदेश-१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ । रुपन्देहीमा एक सय मिलीमिटर पानी परेको छ । यस्तै, डडेल्धुरामा १ सय १० मिलीमिटर, डोटीमा ८८ मिलीमिटर र नवलपरासीमा ९७ मिलीमिटर वर्षा भएको मापन गरिएको छ ।

आज पनि प्रदेश-१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् गंगा नगरकोटीले बताएका छन्  । प्रदेश-२, लुम्बिनी र कर्णाली प्रदेशमा भने हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद् नगरकोटीले बताए । अझै केही दिन पानी पर्ने सम्भावना रहेकाले भिरालो जमिनमा पहिरो जाने र नदी तथा खोला आसपासमा बाढीको जोखिम हुने भएकाले आवश्यक सावधानि अपनाउन मौसमविद्को आग्रह छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट