बिहिबार, साउन १४ २०७८

सङ्गच्छद्ध्वम्


  • नेपालदीप
  • शनिबार, साउन २ २०७८
1.6K
SHARES

देशमा ८१.३% हिन्दू छौँ – देशको समग्र परिवर्तनका लागि यो अभिमत अजेय छ, अविजित र अनन्त छ । जैन, बौद्ध तथा किरातीहरू पनि स्वधर्म, संस्कृतिको सुरक्षाका लागि निकै चिन्तित छन् ।

अवको आवश्यकता भनेको “सम्वदद्ध्वम्” अर्थात्  संवाद हो जसले ८१.३. हिन्दू, १०% बौद्ध, १.५% किराती र अन्य मौलिक रैथाने शक्तिहरू वीच सम्गच्छध्वम् (संगै हिड्ने)  एकता  स्थापित होस् ।

हामीले जति उर्जा इसाई-मुसाई वा सरकारको आलोचना गर्न खर्च गरिरहेका छौँ त्यसको १५% उर्जा यदि नेपालको मौलिक संस्कृति तथा परम्पराको सुरक्षण तथा सह-प्रगतिको योजनामा खर्च गर्ने हो भने संसारको कुनै पनि शक्तिले हाम्रो विकास रोक्न सक्दैन ।

इसाईहरूले धर्म परिवर्तन गराएर देशको धर्म संस्कृति सक्नु सकें, नेताहरू विदेश मुखी भए, देशमा भ्रष्टाचारको विगविगी भयो, युवाहरू पलायन भएज, धर्म-संस्कृतिको विनाश भयो भने जस्ता गुनासा गर्दैमा देशको विकास हुँदैन । हाम्रो मानसिकता यति धेरै नकारात्मकता छ भनि साध्य छैन ।

विहानै पत्रपत्रिका, रेडियो. टेलिभिजनबाट खवर सुन्न वा हेर्न पर्यो भने कहाली लाग्छ : खवरहरू केवल नकारात्मक समाचारमा फोकस भेटिन्छन् । पसल र भट्टीहरूमा सरकारलाई गालीगलौज गर्नेहरूको प्रतियोगिता भेटिन्छ ।

असलमा, हाम्रो मानसिकतालाई विभाजित राख्ने उदेश्यका साथ उपरोक्त किसिमको माहौल-संवाद नियोजित गरिएको हो । हाम्रो समाज एस्तो नियोजनको जानेर वा नजानेर सिपाही वन्दै छ । यहीं हामी चुकेका छौँ ।

गफ र गालीगलौज गर्दैमा देश र समाज विकसित हुँदैन । ८१.३% + को प्रचण्ड वहुमतको उर्जालाई शक्तिमा रुपान्तरण गर्नतिर उन्मुख हुनुपर्छ । विभाजित मानसिकता त्याग्नुको विकल्प छैन । एकआपसमा सहकार्य गर्न सहज हुनुपर्छ । अभिमानको गति आफुसम्म मात्र सीमित हुन्छ ।

हामी हिन्दु, बौद्ध, जैन, बोन किराती भित्र रहेको हीनताबोधको लूतो सधैंका लागि फालौं । नेपालले विषको परिक्रमा होइन विश्वले नेपालको परिक्रमा गरोस् । मिलेर हिंडे पुगिन्छ नत्र मेटिन्छ बाटो तयार छ ।

स्वस्तिअस्तु

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट