बिहिबार, साउन १४ २०७८

आज नेप्से ९७ अङ्कले बढ्यो,११ अर्बभन्दा बढीको कारोबार


  • नेपालदीप
  • आइतबार, साउन ३ २०७८
646
SHARES

काठमाडौँ। नयाँ आर्थिक वर्षको कारोबार भएको पहिलो दिन आज शेयर बजार परिसूचक मापक नेप्से ९७ अङ्कले बढेको छ । नेप्से ९७ दशमलव २१ अङ्कले बढेर २९ सय ८० दशमलव ६१ बिन्दुमा पुगेको हो ।

आज बैंकिङ्ग ९२, व्यापार ३३, होटल तथा पर्यटन ५८, विकास बैंक २ सय ३३, जलविद्युत ४५, फाइनान्स ३५, निर्जीवन बीमा ४ सय ४१, उत्पादन १ सय ६५, माइक्रोफाइनान्स १ सय ९०, जीवन बीमा ६ सय ४८ र अन्य १९ अङ्कले बढेको छ । आज २ सय २१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर ११ अर्ब ६३ करोड ८१ लाख रुपैयाँमा कारोबार भएको छ ।

आज हिमालय पावर लिमिटेड, सिँगटी हाइड्रो लिमिटेड, सिन्धु विकास बैंक, नाङ्ग्दी ग्रुप पावर र समृद्धि फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको अन्तिम दिन बिहिवार शेयर बजारमा परिसूचक र कारोबार रकम दुवैमा सुधार आएको थियो । बिहिवार ८ अर्ब १४ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट