बिहिबार, साउन १४ २०७८

माधव नेपाल पक्षका सांसदलाई हटाउने अधिकार पार्टीसँग छ :संविधानविद् विपिन अधिकारी


  • नेपालदीप
  • सोमबार, साउन ४ २०७८
3.6K
SHARES

संविधानविद् विपिन अधिकारीले माधव नेपाल पक्षका सांसदलाई हटाउने अधिकार पार्टीसँगै रहेको बताएका छन। उनले पार्टीको निर्णय नमान्ने सांसदहरूलाई पार्टीले कारबाही गर्न सक्ने जिकिर गर्छन।

उनले भनेका छन, “अदालतको दृष्टिकोण प्रधानमन्त्रीको प्रस्ताव गर्दा हस्ताक्षर गरेर समर्थन गर्ने सांसदहरूलाई कारबाही नगर्नु भन्ने हो। त्यसबेला पार्टीले लिखित रूपमा ह्वीप जारी गरेको थिएन। त्यसै बेला पनि ह्वीप जारी गरेको भए उनीहरूले दिन मिल्दैन थियो।”

“लिखित रूपमा ह्वीप जारी नभएका बेला दिइएको मतका आधारमा कारबाही गर्न पाइएन भन्ने हो तर जब विश्वासको मतको प्रक्रियामा जान्छ। त्यस्तो अवस्थामा पार्टीले आफ्नो परिपाटी अनुसार ह्वीप लगाउन सक्छ। हिजोको कामका लागि पो अदालतले धरपकड नगर्नू भनेको हो। तर अब हुने प्रक्रियाका लागि अदालतले कारबाही नगर्नू कहाँ भनेको छ र?,” उनको प्रश्न छ।

त्यसो भए देउवालाई विश्वासको मत दिएका आधारमा आफ्ना सांसदलाई एमालेले कारबाही गर्न छेकबार लाग्दैन त? भन्ने प्रश्नमा अधिकारी भन्छन्, “लाग्दैन। तपाईँले फैसलालाई हेर्नु भयो भने त्यो प्रस्ट हुन्छ।”

फैसलापछि सुरु हुने संसद् भित्रको प्रक्रियाका लागि अदालतले नबोलेको र बोल्न नमिल्ने उनको धारणा छ।

विश्वास मतको आधारमा सांसदलाई कारबाही गरे अदालतको अपहेलना ​: पूर्व न्यायाधीश बलराम केसी

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट