बुधबार, मंसिर २२ २०७८

विश्वास मतको आधारमा सांसदलाई कारबाही गरे अदालतको अपहेलना ​: पूर्व न्यायाधीश बलराम केसी



  • नेपालदीप
  • सोमबार, साउन ४ २०७८
6.4K
SHARES

सर्वोच्च अदालतका एकजना पूर्व न्यायाधीश बलराम केसीले देउवाको पक्षमा विश्वासको मत हालेका आधारमा पार्टीले कुनै पनि सांसद वा सदस्यलाई कारबाही गर्न नसक्ने बताए।

उनले भने, “अदालतले संविधानको धारा ७६(५) को सन्दर्भमा लागि ह्वीप जारी गर्न पाइँदैन भनेको हो। यदि कसैले त्यसका आधारमा कारबाही गर्‍यो भने अदालतको अपहेलना हुन्छ।”

“त्यसैले अब ह्वीप नमान्दा होइन कि एमालेले ह्वीप नमानेको भनेर कारबाही गरे त्यो कारबाही गर्ने अधिकारीलाई अदालतको अपहेलनाको मुद्दा लाग्न सक्छ।”

उनले अदालतले संविधानको व्याख्या गरेकाले धारा ७६(५) अनुसार बन्ने भविष्यका सबै सरकारका हकमा त्यो नजिरका रूपमा कायम हुने बताए।

माधव नेपाल पक्षका सांसदलाई हटाउने अधिकार पार्टीसँग छ :संविधानविद् विपिन अधिकारी

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट