बिहिबार, साउन १४ २०७८

छुवाछुत समाप्तिका १२ सूत्रहरू


  • नेपालदीप
  • सोमबार, साउन ४ २०७८
2.4K
SHARES

नेपाली सामाजिक संरचनामा छुवाछुत र छुवाछुतप्रतिको अन्धविश्वास आज पनि जीवित र क्रियाशील छ भने अर्कोतिर नेपाली समाजले यसलाई आफ्नो साझा शत्रुका रूपमा पहिचान गरेर निवारणका लागि प्रयत्न गरिरहेको छ । आज छुवाछुतको पक्षमा कोही छैन तर परिवर्तनका लागि समयचाहिं खोजिरहेको छ ।

अन्यायका कारण मनुस्मृति वा अन्य स्मृति ग्रन्थहरू होइनन् । हाम्रो सोच र चिन्तन हो । इतिहास वा धर्मको आलोचना गर्नेहरूले इतिहासका लागि वर्तमान समाजलाई वा जातजातिलाई दोषी तुल्याउनु गलत हो । अहिलेको समाजको कुनै पनि व्यक्ति वा समाज छुवाछुतको पक्षमा छैन । जसले पक्ष लिन्छ, उसलाई कानुनले दण्ड दिने व्यबस्था गरिएको छ । हामी सबैले कानुनको पालना गर्नेतिर ध्यान दिनुपर्छ । कानुन बाध्यात्मक हुने भएकोले उलंघन गर्न सजिलो हुँदैन ।

संस्कृतका केही ग्रन्थहरूमा छुवाछुतका समर्थक विचारहरू छन् तर वेदमा छुवाछुतको अवधारणा नभएको हुँदा वेदको प्रमाण सर्वश्रेष्ठ हुन्छ । पुराण र स्मृतिको बाक्य वा आदेशहरू वेदका आदेश हुन् । वेदको आदेश भन्दा ठूलो र अन्तिम आदेश कुनै धर्मशास्त्रको हुँदैन ।

यसो भनिरहंदा के विर्सनु हुँदैन भने आधुनिक नेपाली वा हिन्दूहरूको संविधान मनुस्मृति वा अन्य स्मृति ग्रन्थहरू होइनन् । इतिहास वा धर्मको आलोचना गर्नेहरूले इतिहासका लागि वर्तमान समाजलाई वा जातजातिलाई दोषी तुल्याउनु गलत हो । अहिलेको समाजको कुनै पनि व्यक्ति वा समाज छुवाछुतको पक्षमा छैन । जसले पक्ष लिन्छ, उसलाई कानुनले दण्ड दिने व्यबस्था गरिएको छ । हामी सबैले कानुन कार्यन्वयन क्रियाशील हुनुपर्छ ।

छुवाछुत निवारणका लागि अंग्रेज-इसाई, मुस्लिम, अम्बेडकर, कान्छा इलियाहजस्ता प्रायोजित व्यक्तिहरूले संचालित गरेका मार्गचित्रहरूले सामाजिक द्वन्द र घृणा फैलाउने काम गरेका छन् । समाजवाद छुवाछुत अन्त्य त भएको छैनछैन बरू हिन्दूहरूलाई गालीगलौज गरेर समुदायलाई विदेशी धर्मको नोकरमा रुपान्तरित गर्ने अपराध भएको छ । विदेशी मिसनरी, राजनैतिक भोट ब्यांक तथा व्यक्तिगत स्वार्थका तहमा सधैं शिल्पीसमुदायहरू पीडित बनेका छन् ।

समाजबाट सधैंका लागि छुवाछुत निवारणका लागि वेद, इतिहास, सभ्यता तथा संस्कृतिको अध्ययन तथा अनुशीलन गर्दा मैले निम्न सूत्रहरू प्रस्तावित गरेको छु र यी सूत्रहरूमा वहस चलाउन सबै नेपालीहरूलाई आह्वान गर्छु । यी सूत्रहरू हिन्दू संस्कृति तथा संस्कृतिसंग घृणा गर्नेका लागि अस्वीकार्य होलान् तर समस्याको समधान खोज्ने र चाहनेहरूका लागि आत्ममन्थन र वहसका लागि निकै महत्वपूर्ण हुनेछन् ।

१. वैदिक संस्कृतिका समतामूलक आदर्श उपदेशहरूको प्रचारप्रसार : वेद तथा गीताले छुवाछुतलाई समर्थन गरेको छैन । नारदमुनि, बशिष्ठ, भारद्वाज, व्यासजस्ता महर्षिहरू जन्मका दृष्टिकोणले आजका दलित समुदायको प्रतिनिधित्व गर्छन् । प्रसिद्ध पौराणिक सूतजी पनि उच्चजातिका थिएनन् । उनको ज्ञानले सम्पूर्ण ऋषिमुनिका गुरू तथा पुज्य बनेका थिए । आज पनि साधु-सन्यासीको जातपात सोधिन्न । केही मन्दिरहरूमा दलित पूजारी छन् त् तिनले बनाएको/दिएको प्रसाद स्वाभाविक रूपमा सबै समुदायले ग्रहण गर्छन् । उप्रान्त यी प्रतिमानहरूको/उदाहरणहरूको योजनापूर्वक प्रचारप्रसार गर्न आवश्यक छ । यी उदाहरणले आफुलाई उपल्लोजात भएको “चिन्तन”लाई समतामूलक बन्न ठूलो भूमिका खेल्छ ।

२. आफ्नो समस्या आफ्नै पहल : छुवाछुत नेपाली समाज, नेपाली संस्कृति र राजनैतिक कारणले उत्पन्न र स्थापित भएको सामाजिक समस्या हो । जसको समस्या हो, समस्या समाधानका लागि उसैले पहल गर्नुपर्छ । खुसीको कुरा नै भन्नुपर्छ, हाम्रो समाजले यो पहलमा अग्रसरता लिएको छ । धेरैजसो विदेशी राजनैतिक शक्ति, मिसनरिज र पैसाको लागि काम गर्ने एक्तिभिस्टहरूलाई अस्वीकार गर्नुपर्छ । छुवाछुतसंग कुनै सरोकार नभएका वर्गहरूले हामी बीच घृणा बढाउँने गरेका छन् । हामी आफै सक्रिय भएर र आफ्नाहरूलाई सक्रिय बनाएर समस्याको समधानका लागि लागि परौं ।

३. हिन्दू संस्कृतिले प्राचीनकाल देखिनै छुवाछुत अस्वीकार गर्न वा समाप्त पार्न धेरैस्तरबाट प्रयत्न भएका छन् । भक्ति आन्दोलन होस् वा अद्वैतवादी दार्शनिक चिन्तन, जोसमनी सन्त परम्परा होस् वा प्रणामी, रैदासी, कवीर पन्थि र अत्यतिर २००७ सालमा छुवाछुत निवारण कानुनी व्यबस्था पनि स्वीकार गरिएको छ । यी प्रयासहरूले छुवाछुतवादी विचार र व्यबहारमा न्यूनता आएको छ । घृणावादीहरूले प्रयासको सकारात्मक इतिहासलाई जस दिदैनन् । समतामूलक भएर मिस्सिएर बसेको बस्तिहरूका विषयमा चूप रहन्छन् । उप्रान्त, छुवाछुत निवारणमा प्राचीनकालदेखि भएका प्रयत्न र प्रयत्नकर्ताहरूलाई सम्झिनुपर्छ । यसले छुवाछुत विरुद्ध समाजको चेतना बढ्ने छ ।

४. दलितवाद भर्सेज ब्राह्मणवाद : मुम्बईका राजले अम्बेडकरको प्रतिभा देखेर आफ्नै खर्चमा बेलायत पढ्न पठाए । डाक्टरेट पास गरेर फर्केका भीमराव मुम्बईकै राजाको मन्त्री पनि वने, साथै दलित उत्थानको लागि काम गर्न थाले । यिनै व्यक्तिले सर्वप्रथम दलितवाद र ब्राह्मणवादका शब्द आविष्कार गरे । पछि, कट्टर इसाई कान्छा एलियाहले दलितहरूलाई इसाई बन्न प्रेरित गर्ने अभिप्रायले दलित-समुदायलाई गैर-दलितसंग घृणा गर्न सिकाए । अम्वेडकरले धर्म परिवर्तन गरेर बुद्ध बन्न आग्रह गरे र अम्वेडकर पन्थको बौद्ध हाँगो नै आरम्भ गरे एता इलियाहले दलितलाई इसाई बनाउँन डलरवादीको सहयोग लिए । यी सबै हुँदाहुँदा पनि भारतमा छुवाछुत त समाप्त भएन तर पैसा भएका धनिदलितहरूले आफ्नो स्वार्थका लागि दलितवादको पहिचान नै खडा गरे । असलमा, छुवाछुत निवारणका लागि दलितवाद र ब्राह्मणवाद यी दूवै सोचसंग पूर्ण निरपेक्ष हुनुपर्छ ।

५. समयसीमा निर्धारण : हामीले भारतबाट धेरै कुरा सिक्न सक्छौं । भारतमा विधिवत १९१८ मा जातीय विभेद गर्ने सबै प्रकारका कानुनहरू समाप्त गरिएका थिए भने दलितहरूलाई क्षतिपूर्ति दिनुपर्छ भने १९५४ मा दलितहरूलाई सरकारी पदहरूमा समेत आरक्षणको व्यबस्था गरिएको थियो । आरक्षणले दलितको नाममा राजनीति गर्नेहरूलाई वाहेक अन्य दलितहरूलाई सहयोग गर्न सकेन । ७६ औं स्वतनत्रता दिवस मनाउंदा पनि दलित तथा गैरदलितका मुद्दाहरू उठीरहन्छन् । यी तत्थ्यहरू बुझेपछि छुवाछुत निवारण गर्नका लागि कानुनी हैसियत भएको समयसीमा तोक्नुपर्छ । २०३० सम्म नेपाली समाजबाट छुवाछुत अन्त्य गर्ने मार्गचित्रमा राजनीतिको प्रवेश हुनुहुँदैन अर्थात् छुवाछुत निवारणको आन्दोलनमा दलीय भागबण्डा बाट माथि उठेर काम गर्ने व्यक्तिहरू अभियन्ता बन्नुपर्छ ।

६. जातजाति होइन छुवाछुत : परमात्माले हरेक व्यक्तिलाई स्वतन्त्र व्यक्तिका रूपमा निर्माण गरेका छन् । वर्ण र जाति दूवै आमाको गर्भबाट वाहिर निस्केपछि स्वीकार गर्ने र बन्ने विधि हुन् जुन समाजले निर्धारण गरेको हुन्छ । विश्वका सबै वर्ण र जात उत्कृष्ट छन् । छुवाछुत र विभेदका लागि वर्ण र जात विशेषलाई अपराधी ठान्नु र सो जातलाई अपराधिसरह व्यबहार गर्नु पापकृत्य हो । हाम्रो शत्रु छूवाछुत हो जुन हजारौं वर्ष देखि परम्पराका रूपमा प्रवाहित भइरहेको छ । मनोवैज्ञानिक रूपमा स्थापित एस्तो चिन्तनलाई अव मनोविज्ञानिक प्रक्रियाहरूको प्रयोग गरेर विस्थापित गर्न सकिन्छ । उप्रान्त, हामीले जातजाति विरुद्ध होइन छुवाछुत विरुद्ध मानसिक, सांस्कृतिक तथा राजनैतिकतहबाट “व्यक्ति वा जात होइन उसको व्यबहार गलत” हो र “गलत व्यबहार विस्थापित हुनुपर्छ” भन्ने आन्दोलन गर्नुपर्छ ।

७. वैदिक हिन्दू संस्कृतिमा अनेकौं चाडवाड तथा धार्मिक, सांस्कृतिक तथा सामाजिक क्रियाकलाप छन् । हामीले व्यबहार परिवर्तन गर्नका लागि एस्ता सामाजिक, सांस्कृतिक, धार्मिक क्रियाकलापमा गैरदलित तथा दलितको विभेदको अन्त्य गर्नुपर्छ । दलित र गैरदलितका आधारमा एकअर्कालाई निषेध गर्ने र अस्वीकार गर्ने प्रवृत्तिमा अंकुश लगाउँनुका साथै एस्ता समारोहहरूमा सहभोज, सहकार्य, सहयोग, सम्पर्कआदिलाई प्रोत्साहित गर्नुपर्छ । एसो गर्नेलाई रोलमोडेलका रूपमा सम्मान गर्नुपर्छ ।

८. पाठ्यक्रम परिमार्जन : पाठ्यक्रममा निसंकोच छुवाछुत र छुवाछुत रुपि अन्यायमा परेका समुहहरूको वारेमा जानकारी दिनुपर्छ र तेस्तो समुहहरू “हिन्दू वैदिक समाजका अंशियार र बंशियर भएको वैदिक इतिहास बुझाउनु पर्छ । साथै कसरी वैदिकहरूले छुवाछुत उन्मूलन गर्न प्रयास गरिरहेका छन् र तेसका वाधक (राजनीति, घृणावाद, मिसनरिज) हुन् भन्ने तत्थ्यहरूको पनि जानकारी दिनुपर्छ । पाठ्यक्रममा शिल्पी समुदायको शिल्पका विषयमा जानकारी दिंदै बालबालिकाहरूलाई “समतामूलक समाजको एकै अंग भएको जानकारी दिनुपर्छ । डलरवादीहरूले बुझेझैं मनुस्मृति वा अन्य धार्मिक ग्रन्थहरूलाई दोषारोपण गर्ने/गराउने क्रियाकलापलाई निरुत्साहित गर्नुपर्छ । साथै, शिक्षाका हरेक क्षेत्रमा प्राथमिकताका साथ सिल्पी-समुदायलाई अवसरहरू उपलब्ध गराउनु पर्छ ।

९. आर्थिक अवसर : देशका ६५% दलितहरू भूमिहीन छन् भन्ने सुनिएको छ । आर्थिक अभावले शिक्षादीक्षा राम्रो हुँदैन र शिक्षादीक्षा नभएपछि समाजको उत्थान हुँदैन । धनिमानी दलितसमुदायका व्यक्तिसंग तेतिधेरै छुवाछुतको व्यबहार गरिन्न । तेसैले हाम्रो पहिलो प्राथमिकता दलितहरूलाई आर्थिक तथा शैक्षिकरूपमा सवल बनाउनेतिर केन्द्रीत हुनुपर्छ । दलितसमुदायले चाहेको खण्डमा उनीहरूको परम्परागत पेशालाई आधुनिकीकरण गरेर बजार-व्यबस्थापन गर्नुपर्छ । आफ्ना बालबालिकालाई विद्यालय नपठाउने दलितहरूलाई अन्य नागरिकसरह दण्ड-सजायको व्यबस्था गर्नुपर्छ ।

१०. राजनैतिक हस्तक्षेपबाट मुक्ति : प्रजातन्त्रका धेरै राम्रा पक्ष होलान् तर एसको सबैभन्दा कुरूप पक्ष भनेको “भोटको लागि राजनीति” हो । छुवाछुत उन्मूलनमा क्रियाशील व्यक्ति वा समुदाय “भोट” राजनीतिबाट मुक्त हुनुपर्छ । दलीय राजनीतिको सबैभन्दा कुरूप पक्ष नै गरीव, सीमान्तिकृत समुदायलाई उल्लु बनाएर भोट प्राप्त गर्नु हो । जवसम्म हामी नेपालीले भोटको लागि होइन व्यबहार परिवर्तनका मामिलामा एकल गठवन्धन निर्माण गर्दैनौं, राजनीतिले हामीलाई उपयोग गरिरहन्छ । हामी वस्तुझैं राजनैतिक गोटी खेलाईरहने छौँ ।

११. स्वधर्म प्रतिआस्था : हरेक व्यक्तिलाई आफ्नो धर्म, संस्कृति, भूगोल, समाज र आस्था सधैं प्रिय हुन्छन् । आजको समयमा विश्वभरिका मान्छेहरू आफ्नो जातीय, भौगोलिक, सामाजिक, सांस्कृतिक तथा भाषिक पहिचान स्थापित गर्नेतिर अभिप्रेरित भएको छ । ऋषिगोत्र भएका सम्पूर्ण नेपालीहरूले आफ्नो रैथाने धर्म, संस्कृति तथा आस्थामा गहिरो विश्वास र गौरव गर्नुपर्छ । छुवाछुत बीचमा उदाएको कूप्रधा हो । अव एसको उमेर बढी छैन । हामी यो कुप्रथाउपर विजय प्राप्त गरिरहेका छौँ । तेसैले हरेक व्यक्तिले आफ्नो धर्म-संस्कृतिमा गहिरो गौरव गर्नुपर्छ । स्वधर्म त्यागेर कुनै पनि हालतमा शान्ति र आत्मियता प्राप्त हुँदैन । आज पनि भारतीय, पाकिस्तानी तथा बंगलादेशी मुसलमान्हरूलाई साउदी मुसलमान्हरूले “मुजाहिर” धर्मपरिवर्तन गरेका भगौडा भनेर अपमानित गर्छन् । तेसैले हरेक व्यक्तिले छुवाछुत मेताउँदै गर्दा स्वधर्म र स्वसंस्कारप्रति गहिरोआस्था जगाउने आध्यात्मिक साधनाहरूको पनि अभ्यास गराउनु पर्छ । वैदिक संस्कृतिको गौरवमय इतिहास सिकाउँनु पर्छ ।

१२. धर्मपरिवर्तनमा रोक ; विदेशी शक्तिहरूले नेपाली समाजमा तिब्रतर पराइ धर्म फैलोस् भन्ने चाहन्छन् । वेलायती राजदुतले २०१५ मा यो प्रस्ताव हाकाहाकी बोलेका थिए । अरू युरोपेली र अमेरिकीहरू बोल्न त बोलेनन् तर आइएजिओ/धार्मिक मिसनका माध्यमबाट आफ्नो विचारका एसम्यानहरू तयार परिरहेका छन् । हिन्दू बौद्धहरू भएको हिंसा नदेख्ने, नलेख्ने नसुन्ने तर अतिको प्रतिकार र संविधानले दिएका अधिकारहरू प्रयोग गरेर गर्नुपर्छ । धर्मपरिवर्तन व्यक्तिगत निर्णय हो भने सो व्यक्ति कमसेकम वी.ए, उत्तीर्ण भएको हुनुपर्छ र आदलतबाट आदेश लिएर मात्र धर्मपरिवर्तन गर्न पाउनुपर्छ ।

१३. नेपाली मन, बचन र कर्म : नेपाली नागरिकता एउटा कागजी प्रक्रिया हो । हातमा नेपाली नागरिकता भएका तर मन नेपाली नभएका धेरै मान्छेलाई हामीले देखेका, भेटेका र सुनेका छौँ । मनले नेपालको सांस्कृतिक तथा धार्मिक बहुलता तथा संस्कृतिप्रति घृणा गर्नेबाट समाज, देश र विश्वको कल्याण हुनैसक्दैन । तेसैले मनबाट छुवाछुत त्यागौं, बचनले छुवाछुत निवारणका लागि सत्य बचन बोलौं र कर्ममा छुवाछुतलाई अस्वीकार गरौँ । मुखमा रामराम बगलीमा खुकुरी भएकाहरूले (भोटका दलाल, धर्मपरिवर्तनकारी शक्ति) ले विखण्डन र घृणालाई समेत “क्रान्ति” ठान्छन् । हामी शस्त्रमा होइन शास्त्रमा विश्वास गरौँ ।

अन्त्यमा, हामीले छुवाछुत निवारणका लागि वास्तविक काम गर्नुपर्छ । दलितहरूलाई सहजरूपमा शिक्षित गर्ने, दलित वस्तीहरूमा सरसफाईको लागि प्रेरणा जगाउने, दलित-समुदायभित्र रहेका विभेद हटाउँने र आराध्य देव/देवीहरूको विना भेदभाव दर्शन, स्पर्सन तथा सेवाआराधना उपयोग गर्ने सहज वातावरण निर्माण गर्नुपर्छ । समुदाय विशेषहरूलाई “दलित” उपाधि दिएर थर विशेषका मान्छेलाई “दलित” पहिचान दिने संविधानसंग असहमति राख्दै छुवाछुत निवारण गरेर नेपालको ऋषिकल्पको इतिहासलाई सम्मान गर्न सकिन्छ । छुवाछुतको समस्या समाधानका लागि हिन्दू, जैन, बौद्ध, किराती, बोन, मुस्लिम, इसाई सबै एकठाउँमा उभिएर एकैस्वरमा सहकार्य गर्नुपर्छ । समस्या जातजातिको होइन छुवाछुत हो भन्ने तथ्य आत्मसात् गर्दै नेपालको पुनर्निर्माणलाई जीवन्त बनाउँ । दार्शनिक कान्टले भनेझैं “आफ्नो स्वलाई अर्काको साधन बन्न नदिउँ न कसैलाई आफ्नो साधन नै बनाएर आफुलाई तल झारौं ।”

स्वस्तिअस्तु

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट