बिहिबार, साउन १४ २०७८

कांग्रेस महाधिवेशनमा ‘डिजिटल भोटिङ’ हुन सक्ने


  • नेपालदीप
  • मंगलबार, साउन ५ २०७८
931
SHARES

काठमाडौं। कोरोना संक्रमणलाई मध्यनजर गर्दै नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा ‘डिजिटल भोटिङ’ गर्न सकिने गरि तयारी थालिएको छ। कांग्रेसको सूचना, सञ्चार तथा प्रविधि विभागले डिजिटल भोटिङका लागि तयारी थालेको जनाएको हो।

विभागका सचिव दिनेश थापा मगरद्वारा जारी विज्ञप्तिमा ७७ वटै जिल्लाको पार्टी कार्यालयमा उपस्थित भएर मतदान गर्नसक्ने प्रविधि तयार गरिएको उल्लेख छ । डिजिटल भोटिङबाट प्रदेश र केन्द्रीय समितिको निर्वाचन गर्न सकिने विज्ञप्तिमा जनाइएको छ।

कांग्रेस केन्द्रीय समितिले डिजिटल भोटिङको निर्णय लिएमा विभागले प्राविधिक व्यवस्थापन निश्चित गर्ने विज्ञप्तिमा उल्लेख छ। भदौ १६ देखि १९ सम्म आयोजना हुने कांग्रेस महाधिवेशनका लागि महत्वपूर्ण मानिएको क्रियाशील सदस्यताको विवाद टुंगो लागेको छैन।

साथै विभागले १४ औं महाधिवेशन केन्द्रीत प्रचार अभियार शुरू गरिएको जानकारी समेत दिएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट