बिहिबार, साउन १४ २०७८

प्रधानमन्त्री देउवा पुगे प्रचण्ड निवास खुमलटार


  • नेपालदीप
  • मंगलबार, साउन ५ २०७८
589
SHARES

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन्  ।

प्रधानमन्त्री देउवा अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्य स्थिति बुझ्न केही बेरअघि खुमलटार पुगेका हुन् । अध्यक्ष दाहालका प्रेस विज्ञ विष्णु सापकोटाका अनुसार प्रधानमन्त्रीले पहिल्यैदेखि सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न खोज्दै हुनुहुन्थ्यो, त्यही क्रममा आज खुमलटार पुगेका हुन्  ।

पार्किन्सन रोगका कारण लामो समयदेखि प्रचण्ड पत्नी सीता अस्वस्थ  रहेकी छिन्  ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट