सोमबार, मंसिर १३ २०७८

साउन ३१ गतेदेखि कक्षा १२ को बोर्ड परीक्षा होम सेण्टरमै हुने



  • नेपालदीप
  • मंगलबार, साउन ५ २०७८
4.5K
SHARES

कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण जेठ अन्तिम सातादेखि गर्ने तय भएको तर स्थगित भएको कक्षा १२ को अन्तिम बोर्ड परीक्षा दुई महिनापछि लिन लागिएको छ।

राष्ट्रिय परीक्षा बोर्ड (National Examination Board) ले  कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि गर्ने निर्णय गरेको छ।

आज बसेको बोर्डको बैठकले विद्यार्थीलाई भौतिक रुपमै उपस्थित गराएर परीक्षा लिने निर्णय गरेको छ।

परीक्षा विद्यार्थीहरू पढेकै विद्यालय (होम सेन्टर) मा हुने बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले  बताएका छन्।

‘साउन ३१ गतेदेखि परीक्षा लिने बोर्डले निर्णय गरेको छ, १०० पूर्णांककै लिखित परीक्षा लिन्छौं।’ पौडेलले बताए।

परीक्षा भदौ ९ गतेसम्म चल्नेछ।

कक्षा १२ को परीक्षाका लागि लगभग ४ लाख विद्यार्थीले परीक्षा फारम भरेका छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट