बिहिबार, साउन १४ २०७८

बीपी सानो देशको ठूलो मानिस हुनुहुन्थ्योः प्रधानमन्त्री देउवा


  • नेपालदीप
  • बुधबार, साउन ६ २०७८
2.1K
SHARES

काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइराला सानो देशको ठूलो मानिस भएको बताएका छन्। बीपी कोइरालाको स्मृतिमा आज बिहान कांग्रेसले आयोजना गरेको भर्चुअल अन्तर्क्रियामा बोल्दै प्रधानमन्त्री देउवाले बीपी कोइराला महामानव भएको बताएका हुन्।

देउवाले भने, ‘उहाँ सानो देशको ठूलो मान्छे हो। मैले यही भन्ने गरेको छु, उहाँ अलराउन्डर हो- राजनीतिदेखि साहित्यसम्म उहाँको योगदान छ।’

देउवाले बीपीको विचार अहिले पनि समय सान्दर्भिक भएको पनि बताए। बीपीको विचारले नै नेपाली कांग्रेसलाई अघि बढ्न उर्जा दिइरहेको पनि देउवाले बताए।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट