बिहिबार, साउन १४ २०७८

लगातार बढेको सुनको मूल्य आज एक्कासी ह्वात्तै घट्यो


  • नेपालदीप
  • बुधबार, साउन ६ २०७८
969
SHARES

काठमाडौं। नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ।

आज सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो (मंगलबार) प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्यमा पनि प्रतितोलामा २० रुपैयाँले गिरावट आएको छ। आज चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँले कारोबार भइरहेको छ। हिजो प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट