बिहिबार, साउन १४ २०७८

कोरोनाको तेस्रो लहरका लागि पूर्वतयारी गर्न प्रधानमन्त्री देउवालाई विज्ञको सुझाव


  • नेपालदीप
  • बुधबार, साउन ६ २०७८
855
SHARES

काठमाडौं। नेपाल जनस्वास्थ्य प्रतिष्ठानमा आबद्ध १६ जना विज्ञले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोरोना भाइरसको तेस्रो लहरको जोखिम रहेको पूर्व तयारीका लागि उनीहरुले प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।

डा. महेश मास्के, कुलचन्द्र गौतम, डा. रीता थापा, डा. बद्रीराज पाण्डे, डा. अरुण उप्रेती, डा. शिवकुमार राई, डा. छत्र अमात्य, डा. शरद वन्त, डा. अभिनव वैद्य, डा. समीर दीक्षित, डा. राजेन्द्र बिसी, डा. तीर्थ राना, डा. लोचना श्रेष्ठ, डा. विन्ज्वला श्रेष्ठ, डा. रजनी शाह र नारायण सुवेदीले सरकारलाई १८ बुँदे मागपत्रमार्फत त्यस्तो सुझाव दिएका हुन्।

उनीहरूले योग्य, क्षमतावान, सत्यनिष्ठा र इमानदार छवि भएका व्यक्तिलाई स्वास्थ्य मन्त्री बनाउन पनि उनीहरूले अनुरोध गरे। स्वास्थ्यका मापदण्ड अपनाउन कडाइ गरेर कोरोना लागेकाको उपचारका लागि अस्पतालको बेड, एचडीयु, आइसीयु र भेन्टिलेटरको संख्या बढाएर स्वास्थ्य प्रणालीको क्षमता स्तर वृद्धि गर्न पनि उनीहरुले सुझाएका छन्।

उनीहरूको मागपत्रमा कोभिडको परीक्षण बढाएर, आइसोलेसन र कन्ट्याक्ट ट्रेसिङमा वृद्धि गर्न पनि सुझाइएको छ।

अक्सिजन उत्पादन र आपूर्ति क्षमतामा वृद्धिका लागि सहरी क्षेत्रमा वडावडामा र ग्रामीण क्षेत्रमा प्रत्येक गाउँपालिकामा अक्सिजन बैंक स्थापना गर्नुपर्ने सुझाव पनि उनीहरूले दिएका छन्।

सीमानाकामा हुने आवागमनलाई अनुगमन गर्न आधारभूत सुविधासहितको होल्डिङ सेन्टर बनाउन पनि उनीहरूले सुझाएका छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट