बिहिबार, साउन १४ २०७८

भीम रावल फकाउन माधव नेपाल पुगे रावलको निवासमा


  • नेपालदीप
  • बुधबार, साउन ६ २०७८
1.4K
SHARES

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी उपाध्यक्ष भीम रावललाई फकाउन लागि परेका छन्। नेता नेपाल रावल भेट्न उनकै निवास टोखा पुगेका हुन्।

आज बसेको आफूपक्षीय स्थायी कमिटी नेताहरूको बैठकमा रावल सहभागी नभएपछि नेपाल रावललाई भेट्न पुगेको बताइएको छ। सांसद पदबाट राजीनामा दिएर एमालेका दुवै पक्षसँग असहमति राखेका रावल माधव नेपालका मुख्य सहयोगी थिए।

तर, नेपालले आफ्नो आग्रह नमानी शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि रावल असन्तुष्ट भएर राजीनामा दिइसकेका छन्। यद्यपि उनको राजीनामा स्वीकृत भइसकेको छैन। नेता नेपाललाई षड्यन्त्रकारीको बिल्ला भिराउदै उनि कुनै पक्षसँग लागेर घृणित राजनीति नगर्ने बताउदै आएका थिए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट