बिहिबार, साउन १४ २०७८

प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुई जना पक्राउ


  • नेपालदीप
  • बुधबार, साउन ६ २०७८
741
SHARES

काठमाडौं। ड्यूटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा कञ्चनपुर बेलौरी नगरपालिका ५ बस्ने ३८ वर्षीय बिष्णु प्रसाद काफ्ले र सोही ठाउँ बस्ने २८ वर्षीय वीर बहादुर कार्कीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले बेलौरी नगरपालिका-३ बस्ने ३८ वर्षीया महिलाको पसलमा गई गाली गलौज गरी हातपात समेत गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि समेत हातपात तथा अभद्र व्यवहार गरेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट