आइतबार, असोज ३ २०७८

विदेश जानेहरुले सैनिक अस्पताल सहित दुई अस्पतालमा कोरोना खोप लगाउन सकिने


  • नेपालदीप
  • सोमबार, साउन ११ २०७८
1.7K
SHARES

काठमाडौँ। विदेश जाने श्रमिक वा विद्यार्थीहरुको लागि कोरोना खोप लगाउन दुई वटा अस्पताल तोकिएका छन् ।

अब विदेश जानेहरुले काठमाडौँमा रहेको नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउन जाँदा पासपोर्ट र भिसा अनिवार्य साथमा लिएर जानुपर्नेछ ।

पछिल्लो समय देशव्यापी खोप अभियान रोकिएकाले विदेश जानेहरुकै लागि भनेर मन्त्रालयले यी दुई अस्पताल तोकेको हो । खोप अभियान चलेको बेला आफू नजिक रहेका खोप केन्द्रमा गएर खोप लगाउन सकिन्थ्यो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट