आइतबार, असोज ३ २०७८

आज नेप्से घट्यो तर सात कम्पनीको शेयर १० प्रतिशतले बढ्यो


  • नेपालदीप
  • सोमबार, साउन ११ २०७८
2.2K
SHARES

काठमाडौँ। हिजो आइतवार ५५ अङ्कले बढेको नेप्से आज साेमवार भने घटेको छ । नेप्से आज आठ दशमलव २४ अङ्कले घटेर तीन हजार ५० दशमलव ४२ विन्दुमा झरेको छ ।

आज बैंकिङ समूहको शेयर साढे ४३ अङ्कले घटेको छ । यस्तै विकास बैंक समूहको शेयर ३४ अङ्कले, अन्य समूहको शेयर साढे १० अङ्कले घटेको छ । आज व्यापार, होटल, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स, उत्पादन, बीमा र जीवन बीमा समूहको शेयर भने बढेको छ ।

आज दुई सय २३ कम्पनीका तीन करोड ७० लाख कित्ता शेयर १४ अर्ब १३ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको ३९ करोड ३० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै पोखरा फाइनान्सको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि विशाल बजार कम्पनी, जानकी फाइनान्स, माउन्टेन हाइड्रो, ग्रीन लाइफ हाइड्रो, ङादी ग्रुप पावर, हिमालय ऊर्जा विकास कम्पनी र रिडी हाइड्रो कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट