आइतबार, असोज ३ २०७८

कांग्रेसमा साढे ८ लाख क्रियाशील सदस्य, बारा र सप्तरीको विवाद भने टुंगिएन


  • नेपालदीप
  • मंगलबार, साउन १२ २०७८
2.3K
SHARES

काठमाडौं। नेपाली कांग्रेस भित्र क्रियाशील सदस्यको संख्या आठ लाख काटेको छ। क्रियाशील सदस्यता छानविन समितिले १४ औं महाधिवेशनको प्रयोजनका लागि कुल ८ लाख ५२ हजार ७११ सदस्यहरूलाई क्रियाशील सदस्यता प्रदान गरेको छ।

तीमध्ये साढे चार लाख नयाँ सदस्य हुन्। पदाधिकारी बैठकमा पेस भएको विवरण अनुसार ४ लाख ४३ हजार ६७८ जना नयाँ सदस्य थपिएका छन् भने ४ लाख ९ हजारको नवीकरण भएको छ।

रमेश लेखकको नेतृत्वको क्रियाशील सदस्य छानविन समितिले मंगलबारको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा समक्ष प्रतिवेदन पेश गरेको थियो।

सबैभन्दा धेरै क्रियाशील सदस्य वागमती प्रदेशमा १ लाख ८६ हजारको नाम अनुमोदन भएको छ भने सबैभन्दा कम कर्णालीमा ५४ हजार ५६६ जना छन्। प्रतिवेदन पदाधिकारी बैठकमा छलफलपछि केन्द्रीय कार्य समितिमा पेस हुने बताइएको छ।

समितिले धनुषा क्षेत्र नम्बर ४, सर्लाही २, बारा र सप्तरी जिल्लाको क्रियाशील सदस्यता विवाद भने टुंगो लगाउन नसकेको जनाएको छ।

कांग्रेस पदाधिकारी बैठक जारी, महाधिवेशनको नयाँ तालिका सार्वजनिक हुने

No description available.

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट