आइतबार, असोज ३ २०७८

सत्तारूढ गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद्लाई पूर्णता दिने बारे छलफल गर्ने


  • नेपालदीप
  • बुधबार, साउन १३ २०७८
969
SHARES

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको छ।

आज बिहान ९ बजे बैठक बस्न लागेको हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत नेता सहभागी हुनेछन्।

बैठकमा मन्त्रिपरिषद् विस्तार लगायका विषयमा छलफल हुने जनाइएको छ। अहिले ६ सदस्य मन्त्रिपरिषद् रहेको छ।

नेपाली कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादीबाट दुई मन्त्री छन्। कांग्रेस र माओवादीबाट मन्त्री थप्ने तथा जसपा र जनमोर्चाको सहभागिताबारे पनि छलफल हुने जनाइएको छ।

यादव पक्षले जसपाको आधिकारिकता पाएसँगै सरकारीमा सहभागी हुने तयारी गरेको छ। त्यस्तै, जनमोर्चालाई पनि सरकारमा सहभागी हुन गठबन्धनले आग्रह गरेको छ। तर, जनमोर्चाले निर्णय गरिसकेको छैन।

यससँगै आजको सत्तारुढ गठबन्धनको बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट