आइतबार, असोज ३ २०७८

गुल्मीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, ६ जना घाइते


  • नेपालदीप
  • बुधबार, साउन १३ २०७८
1.3K
SHARES

गुल्मी। गुल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

गुल्मीको शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु१ज ४५५९ नम्बरको जिप मुसिकोट भन्ने ठाउँमा दुर्घटना भएको हो।

जिपमा चालकसहित १० जना सवार थिए। तीमध्ये तीनैजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।

मृतकको अहिलेसम्म पहिचान हुन सकेको छैन। घाइतेमध्ये एक जनाजनाको अवस्था गम्भीर रहेको जनाइएको छ। सबै घाइतेको उद्धार गरी उपचारार्थ अस्पताल लाँदै गरिएको गुल्मी प्रशासनको भनाइ छ।

जिपमा सवार एउटा बच्चा हराइरहेको जनाइएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट