आइतबार, असोज ३ २०७८

७ लाखसहित ११ जुवाडे प्रहरी नियन्त्रणमा


  • नेपालदीप
  • बुधबार, साउन १३ २०७८
1.6K
SHARES

काभ्रे। काभ्रेको बनेपा नगरपालिका खाल्चोकबाट प्रहरीले ११ जना जुवाडे पक्राउ गरिएको छ । उनीहरुको साथबाट सात लाख नगदसहित मंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

उनीहरूलाई जिल्लाको बनेपा नगरपालिका वडा नम्बर १४ को खालचौरस्थित थोप्चेन तामाङको घरबाट पक्राउ गरिएको र उनीहरुको साथबाट ७ लाख १५ हजार ३५ रुपैयाँ नगद बरामद गरिएको एसपी खत्रीले बताए।

घरको अण्डर ग्राउण्डको कोठामा तास खेलिरहेको अवस्थामा मंगलबार राति प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई ‘मुलुकी फौजदारी संहिता,२०७४’ को दफा १२५ को उपदफा १ बमोजिमको कसुरमा जिल्ला प्रशासन कार्यालय काभ्रेबाट म्याद थप अनुमती लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट