आइतबार, असोज ३ २०७८

कांग्रेस क्रियाशील सदस्यता छानविन समितिलाई बिहीबारसम्मको समय


  • नेपालदीप
  • बुधबार, साउन १३ २०७८
1.6K
SHARES

काठमाडौं। कांग्रेसले क्रियाशील सदस्यता छानविन समितिलाई प्रतिवेदनको टुंगो लगायत बिहीबारसम्म समय दिएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारीहरूको बैठकले समितिलाई भोलिसम्मको समय दिएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बिहीबार दिउँसो दुई बजेका लागि पदाधिकारीको अर्को बैठक तय भएको छ । सोही बैठकमा अन्तिम प्रतिवेदन प्रस्तुत गर्न समितिलाई निर्देशन दिइएको छ ।

आजको बैठकमा समितिको प्रतिवेदनमाथि छलफल भएको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट