आइतबार, असोज ३ २०७८

सर्वाेच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सशस्त्रका डीआईजी श्रेष्ठले पाए अवकाश


  • नेपालदीप
  • बुधबार, साउन १३ २०७८
3.3K
SHARES

काठमाडौं। सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रवीणकुमार श्रेष्ठले अवकाश पाएका छन्।

सर्वोच्च अदालतले यसअघिको अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश गरेपछि श्रेष्ठले अवकाश पाएका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश कुमार चुडालको इजलासले आज (बुधबार) यसअघिको आदेशको निरन्तरता नहुने निर्णय गरेकाे हो।

यसअघि सर्वोच्च अदालतले डिआइजी श्रेष्ठलाई अनिवार्य अवकाश दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चले अन्तरिम आदेशका लागि आज दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

चार वर्षे कार्यवधिका कारण डीआईजी श्रेष्ठ गत असार ९ गते नै अवकाशमा गएका थिए । सशस्त्र प्रहरी नियमावली अनुसार सशस्त्र प्रहरी नायब महानिरीक्षकको उमेर हद ५६ वर्ष नपुगेको र ३० वर्षे सेवाअवधि ननाघेको अवस्थामा एक वर्ष सेवा अवधि थप गर्न सक्ने व्यवस्था छ ।

५२ वर्षीय उनको सेवा अवधि २५ वर्ष ७ महिना मात्रै भएको छ। सशस्त्र प्रहरी बलले डिआइजी श्रेष्ठलाई अनिवार्य अवकाश भएको भनी असार ११ गते दिएको पत्र यथास्थितिमा राख्न सरकारका नाममा सो आदेश दिएको थियो।

पदावधि सकिएको भन्दै सशस्त्र प्रहरी बलले पत्र दिएपछि डिआइजी श्रेष्ठले त्यसविरुद्ध सर्वोच्च अदालत गएका थिए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट