आइतबार, असोज ३ २०७८

कुलमान बाहेकले प्राधिकरण हाँक्न सक्दैन भन्‍ने धारणा गलत : नवराज सिलवाल


  • नेपालदीप
  • बुधबार, साउन २० २०७८
2.2K
SHARES

काठमाडौं । नेकपा एमालेका सांसद नवराज सिलवालले कुलमान घिसिङबाहेक अरुले नेपाल विद्युत् प्राधिकरण हाँक्न सक्दैन भन्ने धारणा गलत
भएको बताएका छन। छन् ।उनले भनेकाछन, यस्तो धारणाले हाम्रा संस्था र प्रणालीलाई असफलतातिर लैजान्छ।

सिलवालले सामाजिक सन्जालमा लेखेका छन्, ‘कुलमान असल र व्यवसायिक व्यक्ति हुन् म उनको क्षमता माथि शंका गर्दिन तर जुन ढंगले कुलमानबाहेक देशमा अरु कसैले प्राधिकरण हाँक्न सक्दैन भन्ने खालको न्यारेटिभको जवर्जस्त प्रयोग गरिंदैछ, यसले हाम्रा संस्था र प्रणालीलाई असफलतातिर लैजाने छ ।’

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले घिसिङलाई निरन्तरता नदिएपछि शाक्य प्राधिकरणको नेतृत्वमा आएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जामन्त्री पम्फा भुसालले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई ल्याउने तयारी गरेका छन् । सो तयारी अनुसार ऊर्जामन्त्री भुसालले प्राधिकरणका हालका कार्यकारी निर्देशन हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन भनिसकेको स्रोतले जनाएको छ ।
हितेन्द्रदेव शाक्य विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा आएसन्गै प्राधिकरण घाटामा गएकोले जनताले कुलमान घिसिङ आउनुपर्ने धरणा ब्यक्त गरेकाछन।

विद्युत प्राधिकरणमा कुलमानलाई नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट