आइतबार, असोज ३ २०७८

४१ सय बढीमा कोरोना संक्रमण, काठमाडौँ उपत्यकामा १२ सय ७९ संक्रमित थपिए, ३५ को मृत्यु


  • नेपालदीप
  • बुधबार, साउन २० २०७८
1.9K
SHARES

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ४१ सय ०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा परीक्षण गराएका १६ हजार २९८ नमुनामा ४१ सय ०७ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११ हजार ३५४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ९७५ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ४ हजार ९४४ जनाको परीक्षण गर्दा ११ सय ३२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

हाल कुल सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ पुगेको छ । पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ छ। मन्त्रालयका अनुसार बुधबार थप १५ सय ३५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै काठमाडौं उपत्यकामा १२ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट