आइतबार, असोज ३ २०७८

गोर्खा वेल्फेयर ट्रष्ट नेपालद्वारा विद्यालय भवन निर्माण एवं हस्तान्तरण


  • नेपालदीप
  • आइतबार, साउन २४ २०७८
3.3K
SHARES

चितवन  साउन २४, गोर्खा वेल्फेयर ट्रष्ट (नेपाल) बाट १५,००,०००/- (पन्ध्र लाख) बराबरको आर्थिक सहयोगबाट गैँडाकोट, वडा नं० १, धारापानीमा अवस्थित श्री नवदुर्गा आधारभूत स्कूलको निम्ति नव निर्मित विद्यालय भवनको समुदघाटन कार्यक्रम गण्डकी प्रदेशका मुख्य मन्त्री माननीय श्री कृष्ण चन्द्र नेपालीको प्रमुख आतिथ्यमा सम्पन्न भयो । मुख्य मन्त्री श्री कृष्ण चन्द्र नेपालीले सो नव-निर्मित्त विद्यालय भवनको उद्‌घाटन गर्नुभएको थियो भने सोही कार्यक्रममा गोर्खा वेल्फेयर ट्रष्ट (नेपाल) चितवनका कार्यालय प्रमुख चिफ इन्स्पेक्टर श्री हरि बहादुर गुरुङले विद्यालय व्यवस्थापन समितिलाई नवनिर्मित भवनको चाबी हस्तान्तरण गर्नु भएको थियो।

प्रमुख अतिथि मुख्य मन्त्री कृष्णचन्द्र नेपालीले मूलतः सीमान्तकृत, पिछिडिएका र बिपन्न परिवारका बालबालिका हरुको पठनपाठन र गुणस्तरीय शिक्षाको लागि गोर्खा वेल्फेयर ट्रष्टले (नेपाल) विद्यालय भवन निर्माण गरिदिएर प्रशंसनीय काम गरेकोमा गोर्खा वेल्फेयर ट्रष्ट (नेपाल) प्रति गण्डकी प्रदेश सरकारको तर्फबाट विशेष धन्यवाद र आभार व्यक्त गर्नु भएको थियो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट