बुधबार, मंसिर १५ २०७८

न्यायपालिकाले गर्ने सबै फैसलाहरू समाज र नागरिकसँग अभिप्रेरित हुन्छ : प्रधानन्यायाधीश जबरा



  • नेपालदीप
  • बुधबार, साउन २७ २०७८
2.2K
SHARES

नेपाल कानुन व्यवसायी परिषदले बुधबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश जबराले न्यायपालिकाले गर्ने फैसला समाज र नागरिकसँग अभिप्रेरित हुने भएकाले त्यसलाई दोष दिने काम नगर्न आग्रह गरेका छन् । उनले न्यायपालिकाले जहिले पनि समाजलाई हेरेर फैसला गरिरहने हुनाले यसलाई दोष दिने ठाउँ नरहेको बताए ।

“न्यायपालिकाले गर्ने सबै फैसलाहरू समाज र नागरिकसँग अभिप्रेरित हुन्छ । र समाजलाई हेरेर नै जहिले पनि न्यायपालिकाले फैसला गरिरहेको हुन्छ । न्यायपालिकालाई निरन्तर अघि बढिरहन दिनुपर्दछ । अथवा न्यायपालिकालाई दोष पनि दिनुहुन्न् । र महत्व पनि दिनुहुन्न् । यो आफैं महत्वपूर्ण निकाय हो । यसले नागरिकलाई जहिले पनि मार्गनिर्देशन गर्दछ । नागरिकभित्र देशका सबै नागरिकहरु राष्ट्रपतिदेखि सबै पर्दछन् । देशका सबै निकायहरु यसै अन्तरगत पर्दछन् ’ उनले भने।

प्रधानन्यायाधीश जबराले आफूले कहिल्यै पनि दवाव र प्रभावमा परेर फैसला गर्ने नगरेको दावी समेत गरे । कार्यक्रममा बोल्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कानुनी राज्यको स्थापना गरी मुलुकलाई समृद्ध बनाउने अभियानमा सबैलाई लाग्न पनि आह्वान गरे । मन्त्री कार्कीले मुलुकको समृद्धि र विकास सबैको चाहना भएको उल्लेख गर्दै त्यसमा हरेक क्षेत्रको योगदानको आवश्यकतामा पनि जोड दिए ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट