बिहिबार, कार्तिक ११ २०७८

सुनौलो बालापन


  • नेपालदीप
  • शुक्रबार, साउन २९ २०७८
5K
SHARES

– सुजाता लामिछाने, क्यानभास इण्टरनेशनल कलेज

कलिला हात अबोध आँखा चञ्चले बानी छ

छल-कपट छैन है मनमा मायाको खानी छ

संसारै बुझ्न खोज्दछ मन साह्रै नै ज्ञानी छ

हँसिला ओठ रसिलो बानी मनको धनी छ ।

 

पढ़ने र लेख्ने काम हो तिम्रो लेखिदेऊ, पढिदेऊ

असल काम गरेर सदा अगाडि बढ़िदेऊ

इनामी बनी सफलताको शिखर चढिदेऊ

मनको मयल रिस र राग चटक्कै छाडिदेऊ !

 

ज्ञान र गुन मनको धुन, बजाइदेऊ सरर

किताबका पाना सुनौला अक्षर पढिदेऊ फरर

बर्षाको झम्के झरी झैँ कहिले मन हुन्छ धरर

झरनाको कञ्चन पानी तिम्रो सफा मन झर्झर

 

खुलेको आकाश चङ्गा झैँ उड्ने मनमा छ रहर

शिक्षाको धारा पुर्-यान सकौँ गाँउ र शहर

पसिना दाना पाएमा स्वर्ग बन्दछ बगर

मनको गंगा फैलिने थियो खुसीको लहर

 

साना छन् हात, सानै छ माथ ठूला छन् सपना

साकार पार माता र पिता गुरुको जपना

सुनौलो तिम्रो यो बालापन सुनौलो भविष्य

गरेमा कर्म पुग्ने छौ तिमी लक्ष्यमा अवश्य!

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट