आइतबार, असोज ३ २०७८

सपनाको नेपाल


  • नेपालदीप
  • सोमबार, साउन ३२ २०७८
2.1K
SHARES

सुजाता लामिछाने

क्यानभास इण्टरनेशनल कलेज , बसुन्धरा काठमाण्डु

समृद्ध बनोस् संसारले चिनोस् यो मेरो नेपाल

बुद्धको भूमि शान्तिको सन्देश भावना विशाल

वीरको हाम्रो निशानी राम्री ल्याउनेछौँ बिहानी

तराई पहाड़ मुटुको हीरा हिमाल त्यो सिरानी।

 

सौम्य र सभ्य, शिक्षित समाज बनाउने रहर

विकासको लहर पुल्याउनु पर्छ, गाउँ र सहर

भोक र शोक, रोगमा कोही मर्नलाई नपरोस्

सपना मिठा कल्पना राम्रा भुइँमा नझरोस् ।

 

गास र वास कपास अनि शिक्षा र स्वस्थ मन

दरिला युवा भरिला काँध नेपालको ठूलो धन

उन्नति, अनि प्रगति गरी फुलाउँला फूलहरू

चम्काउँला बस्ती उपयोग गरी पानीका मूलहरू।

 

आधुनिक खेती गरेर मोती टिप्ने छौँ  गह्रामा

सुनको दाना फल्ने छ पक्कै सुनौलो पाखामा

चाँदी झैँ हिमाल सुन झैँ पहाड़ झलल चम्कियोस्

दरिलो पाउ प्रगति पथमा सरर लम्कियोस् ।

 

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट