आइतबार, असोज ३ २०७८

आमाको रोदन


  • नेपालदीप
  • सोमबार, भाद्र ७ २०७८
1.4K
SHARES

-सुजाता लामिछाने
क्यानभास इण्टरनेशनल कलेज, बसुन्धरा

 

विवश छोरो बिदेशमा आमा-बालाई छोडी

बिहेबारी उतै गर्‍यो सबै संस्कार छोडी।

बुढा भ’का बाबा-आमा सम्झी-कल्पी रुन्छन्

बिदेश पुगी छोराछोरी उतै बस्छन्, भुल्छन्।

सानो छँदा लुटुपुटु, ठूलो हुँदा डर

बुढेस् कालको साथी अनि अभरको भर।

छोराछोरी धेरै हुँदा, धौ धौ पाल्न पोस्न

वृद्ध बन्दा बाबुआमा छैन लौरो  टेक्न।

शुन्य सारा गाउँघर , खेतबारी बाँझै

विषादीले दूषित बन्यो, छैन केही ताजै।

कहिलेसम्म बाँकि होला एक मुठी सास

सन्ततिको बाटो कुर्दैे, वृद्धाश्रमको वास।

छोराछोरी हुर्काउँछन् दश धारा रसाई

एक्लै बस्न बाध्य आमा अश्रु धारा खसाई।

बर्षा याम साउने झरी पर्‍यो दर्की दर्की

बिदेश ग’का छोराहरु आऊ अब फर्की।।

 

 

 

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट