आइतबार, असोज ३ २०७८

कोरोना महामारी न्युनीकरण एवं व्यवस्थापनमा गोर्खा वेल्फेयर ट्रस्टको सहयोग र सहभागिता


  • नेपालदीप
  • बुधबार, भाद्र १६ २०७८
1.6K
SHARES

चितवन भाद्र १६ । गोर्खा वेलफेयर ट्रस्ट नेपालले कोरोना महामारी व्यवस्थापन एवं न्युनीकरण सहयोगार्थ कालिका नगरपालिका स्थित कालिका नगर अस्पताललाई स्वास्थ सामग्रीहरू- मास्क, सेनेटाइजर, पी पी ई, जरो नाप्ने उपकरण, सरसफाइका सामग्रीहरू साथै हात धुने स्टेशन ईत्यादि उपलब्ध गराएको छ । यी सामग्रीहरू गोर्खा वेलफेयर ट्रस्ट चितवनका कार्यालय प्रमुख चीफ ईन्सपेक्टर हरि बहादुर गुरुङले अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा स्वप्निल शर्मा र स्वास्थ शाखा प्रमुख दीपक भण्डारीलाई हस्तान्तरण गर्नुभएको थियो । यस अघि कोरोनाको दोस्रो लहरको विषम परिस्थितिमा गोर्खा वेल्फेयर ट्रष्ट नेपालले देशभरिका विभिन्न अस्पतालहरूलाई करीव ९ करोड वरावरको अक्सिजन कन्सन्टेटर, पल्स अक्सीमिटर र पी पी ई जस्ना स्वास्थ उपकरण तथा सामग्रीहरू सहयोग स्वरूप वितरण गरेको थियो ।

मुख्यतः ब्रिटिश गोर्खा सैनिक तथा सिंगापुर गोर्खा सैनिक साथै उनीहरूका परिवारहरूको सेवामा केन्द्रित गोर्खा वेलफेयर ट्रस्ट नेपालले नेपाल सरकार र स्थानीय सरकारहरूसंग समन्वय र सहकार्य गर्दै आफ्नो सामाजिक उत्तरदायित्व स्वरूप विशेषतः नेपालको ग्रामीण क्षेत्रमा खानेपानीको सुविधा विस्तार गर्ने, स्कूल भवनहरू निर्माण गर्ने, पुल निर्माण गर्ने लगायतका थुप्रै विकास निर्माणका योजनाहरूमा आफ्नो सहभागिता जनाउदै अतुलनीय योगदान दिदै आएको छ I

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट