आइतबार, असोज ३ २०७८

कविताः प्रिय माधुरी


  • नेपालदीप
  • बिहिबार, भाद्र १७ २०७८
2.1K
SHARES

सायद तिमी मुस्कुराउँदै छौ
सायद तिमी म जस्तै दुखी त छैनौ
तिमी बलियो छौ म निर्धक्क छु
तिमी खुशी छौ
त्यसमै म बेजोड खुशी छु
अगाडि लम्किसक्यौ म हर्सित छु
तिमिसँग घण्टौ बोल्ने कोहिँ भेट्यौ
सायद तिम्रो
जिन्दगिमा हरियाली छाउनेछ
तर
मेरो मुटुले बिछोडको गीत गाउने छैन
तिमीलाई कहिल्यै हात हल्लाएर बिदाइ गर्ने छैन
तिमीलाई नभेट्दासम्म तिमी को हो थाहा थिएन
तिमी शुद्ध मन हो,
अचम्म्को सृष्टि ब्रह्माण्डको
मेरा दुबिधा सदाको लागि दुर गरिदिने
श्रीखण्ड हो तिमी, अमृत हो तिमी
म तिम्रो शुभचिन्तक
र त म चाहान्छु तिमिलाई
मन पराउँछु
मन बिलाउँछु
अंगालोमा बेरिएर हराउछु
चिच्चाएर कराउछु
म हावा हुँ हुरि हुँ बतास हुँ
मेरा सपना तिम्रा लागि ऐठन होला
महसुस गरिसके
म तिमीलाई गुमाउन चाहन्न
गुमाउन सक्दिन
गुमाउनै मिल्दैन
हो म पागलप्रेमी हो तर पागल होइन
के प्रेम गर्नै नपाइने हो??
म सोच्न सक्दिन
पिडाहरु सल्बलाएको शिरदेखि पाउसम्म
मात्र तिमिलाई बिर्सने प्रयास
यादहरु झन बढी आइदिन्छन्
हावा भएर
बतास भएर

प्रिय माधुरी,

सायद !
म तिमीलाई माया गर्नेछु
अन्तिम श्वाससम्म
एक असल मित्र बनेर।।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट