आइतबार, असोज ३ २०७८

उपचारत कलाकार निशा घिमिरेको निधन


  • नेपालदीप
  • बिहिबार, भाद्र १७ २०७८
1.2K
SHARES

काठमाडौँ। मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । नर्भिक अस्पतालमा उपचार भइरहेको अवस्थामै निशाको बुधवार साँझ निधन भएको हो ।

दुर्घटनामा घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । नर्भिक अस्पतालले नै उनको निःशुल्क उपचारको जिम्मा लिएको थियो । अस्पतालले हिजो विज्ञप्ति निकालेर उनको निधनप्रति दुःख व्यक्त गरेको हो ।

बुधवार बिहानदेखि उनको मिर्गौला र मुटुले काम गर्न छाडेपछि अवस्था झनै गम्भीर भएको थियो । कलाकार निशा घिमिरेले भोजपुरी फिल्म मधेसी पुत्र–२ सहित केही नेपाली सिरियल र म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट