आइतबार, असोज ३ २०७८

नायिका ऋचा शर्माले जन्माईन् छोरा


  • नेपालदीप
  • बुधबार, भाद्र २३ २०७८
1.5K
SHARES

काठमाडौँ। नायिका ऋचा शर्माले छोरालाई जन्म दिएकी छिन् । आज बिहान उनले छोरालाई जन्म दिएको पारिवारिक स्रोतले जनाएको छ । ऋचा आजै बिहान मात्र अस्पतालमा भर्ना भएकी थिइन् । ऋचाको सिजर गरिएको बिझिएको छ । आमा र छोराको अवस्था स्वस्थ रहेको छ ।

नायिका ऋचा शर्माले करिब २ वर्ष अगाडि दिपेक्षा विक्रम राणासँग बिहे गरेकी थिइन् । पहिलो चरणको लकडाउनपछि ऋचा गर्भवती भएकी थिइन् ।

नायिका शर्मा गर्भवती भएपछि पनि ‘कमेडी च्याम्पियन २’को निर्णायकको रुपमा काम गरिरहेकी थिइन् । तर, आमा बन्ने दिन नजिकिएपछि उनले यो साताबाट निर्णायक पदमा नरहने निर्णय गरेकी थिइन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट