
काठमाडौँ। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व बिहीबार भगवान महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।
तीजको व्रत मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो प्रयोजन रहेकोे धर्मशास्त्रीको मत छ। यस लोकमा परिवारका सदस्यहरुको सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व छ।
मुलुकका अधिकांश मुख्य मन्दिरहरू नित्य पूजाका लागि बाहेक खुला गरिएका छैनन्। काठमाडौंस्थित भगवान श्री पशुपतिनाथ परिसरमा महिलाहरू पूजा गरिरहेको देख्न सकिन्छ।
कोरोना महामारीका कारण गत वर्ष जस्तै यो वर्ष पनि मन्दिरहरू बन्द छन् भने भक्तजनको भीडभाड पनि पहिलेको जस्तो छैन। महिलाहरु मन्दिर बाहिरैबाट पूजा गरेपछि नाचगानमा मस्त देखिएका छन्। अधिकांश महिलाहरु रातो साडीमा सजिएका छन्।
नेपालदीपका फोटो पत्रकार दीपक घर्ति मगरले तीजको दिन बिहीबार पशुपति क्षेत्रको गतिविधि तस्बिरमा कैद गर्न खोजेका छन्।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।