आइतबार, असोज ३ २०७८

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिट खारेज


  • नेपालदीप
  • बिहिबार, भाद्र २४ २०७८
988
SHARES

काठमाडौं। कांग्रेसको १४औँ महाधिवेशन रोक्न माग गर्दै दायर भएको रिट खारेज भएको छ ।

कांग्रेस महासमिति सदस्य तथा वागमती प्रदेश सांसद नरोत्तम वैद्यले रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले रिट खारेज हुने निर्णय दिएको हो ।

कोरोना महामारीका बेला महाधिवेशन गर्नु जनस्वास्थ्यका दृष्टिले प्रतिकुल हुने उल्लेख गर्दै उनले १७ भदौमा सर्वोच्चमा रिट दायर गरेका थिए ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट