आइतबार, असोज ३ २०७८

संखुवासभाका ६ जनाको सामुहिक हत्या गर्ने हत्यारा सार्वजनिक गर्दै प्रहरी


  • नेपालदीप
  • आइतबार, भाद्र २७ २०७८
817
SHARES

संखुवासभा। प्रहरीले संखुवासभाको मादी हत्याकाण्डमा संलग्न अभियुक्तलाई आज सार्वजनिक गर्दै छ । प्रहरीले एकै परिवारका ६ जनाको हत्या गर्ने लोक बहादुर कार्कीलाई आज(आइतवार) इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेकाे छ ।

अभियुक्त कार्कीलाई प्रहरीले चैनपुर ल्याइसकेको छ । संखु्वासभाका डीएसपी लालध्वज सुवेदीले पत्रकार सम्मेलन मार्फत हत्यारा सहित घटना विवरण सार्वजनिक गर्ने वताए । मादी नगरपालिका–१ उमलिङमा गत सोमवार बिहान एकै परिवारका ६ जनाको हत्या भएको थियो ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले शनिवार बिहान अभियुक्त लोक बहादुर कार्कीलाई पक्राउ गरेको थियो । अभियुक्त कार्कीले ६ जनालाई नै आफुले हत्या गरेको स्विकारेका छन । उनी मृतकका परिवारका नाती पर्छन ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट