आइतबार, असोज ३ २०७८

प्रहरी हिरासतमा रहेका अभियुक्त अस्पतालबाट फरार,प्रहरी हवल्दारलाई कारबाही गरिने


  • नेपालदीप
  • आइतबार, भाद्र २७ २०७८
779
SHARES

वीरगन्ज। वीरगन्जमा प्रहरीको हिरासतमा रहेका एक अभियुक्त फरार भएका छन् । लागुऔषध मुद्दामा पक्राउ परि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका चितवनको भरतपुर महानगरपालिका ३ का १४ वर्षीय विक्की सोनार आइतबार बिहान फरार भएका हुन् ।

भदौ १६ गते भारतको रक्सौलबाट आउँदै गरेका बेला वीरगन्जको इनर्वा नाकाबाट सोनारलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको थियो । उनको साथबाट लागुऔषध नुर्फिन ७ , डाइजेपाम ७ र फेनारगन ७ गरि २१ एम्पुल बरामद भएको थियो ।

लागुऔषधसहित पक्राउ परेपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको थियो । पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार , प्रहरी हिरासतमै रहेका बेला भदौ २२ गते अचानक सोनारले रगत छाद्न थालेपछि उपचारका लागि त्यहि दिन नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा एकजना प्रहरी हवल्दारको निगरानीमै उपचाररत रहेका सोनार, आइतबार बिहान ८ बजेतिर प्रहरी हवल्दारलाई झुक्यार अस्पतालबाट फरार भएको प्रहरी उपरीक्षक पाण्डले बताए ।

प्रहरी हवल्दारको लापरवाहीकै कारण अभियुक्त सोनार फरार भएकाले ती प्रहरी हवल्दारलाई विभागीय कारबाही गरिने पनि पाण्डले बताए । फरार भएका अभियुक्तको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट