आइतबार, असोज ३ २०७८

कोरोना अपडेट : थप ९११ जनामा कोरोना संक्रमण पुष्टि, १३ को मृत्यु


  • नेपालदीप
  • आइतबार, भाद्र २७ २०७८
665
SHARES

काठमाडौं। पछिल्लो २४ घण्टामा ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

कुल ११ हजार १८ जनामा कोरोना परिक्षण भएको मध्ये पीसीआर परीक्षणमा ८३८ जना र एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ भने १४२३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै काठमाडौं उपत्यकामा मात्रै ३०९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १८७, ललितपुरका ५६ र भक्तपुरमा ६६ जनामा कोरोना संक्रमित थपिएका हुन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट