आइतबार, असोज ३ २०७८

आज बढ्यो सुनको मूल्य,तोलाको कति पुग्यो ?


  • नेपालदीप
  • सोमबार, भाद्र २८ २०७८
380
SHARES

काठमाडौं। सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ।

कारोबारको पहिलो दिन आइतबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ३ सय रहेको थियो । आज तोलामा सुनको मूल्य ३ सयले बढेर प्रतितोला ९० हजार ६ सय कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज आज तेजावी सुनको मूल्य ९० हजार १ सय रहेको छ।

महासंघका अनुसार आइतबारको तुलनामा सोमबार प्रतितोला चाँदीको मूल्य ५ रुपैयाँले वृद्धि भएको छ। आइतबार प्रतितोला चाँदीको मूल्य ११ सय ९५ रहेको थियो भने आज मूल्य बढि १२ सय रहेको छ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट