आइतबार, असोज ३ २०७८

राष्ट्रिय मानवअधिकार आयोगले विष्णु माझीको अवस्थाबारे जानकारी मागेपछि प्रहरीको सोधपुछ !


  • नेपालदीप
  • सोमबार, भाद्र २८ २०७८
931
SHARES

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले गायिका विष्णु माझीको अवस्थाबारे  बुझ्न भनेपछि प्रहरीले सोधखोज गरेको छ। प्रहरीले माझीको माइती पक्षसँग सोधखोज गरेको हो। राष्ट्रिय मानवअधिकार आयोगले पनि माझी लामो समयदेखि सार्वजनिक नभएको भन्दै उनको अवस्थाबारे सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जामा पत्र पठाएको थियो ।

त्यतै पछिल्लो केहि समय देखि सामाजिक सञ्जालमा चर्चित गायिका विष्णु माझीको अवस्थाबारे विभिन्न टिकाटिप्पणी हुन थालेको छ।

पत्रको आधारमा सोमबार जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली माझीको माइतीघर रहेको स्याङ्जाको चापाकोटमा पुगेर सोधखोज गरेको छ  ।सोधेखोजका क्रममा माझी नआएको वर्षौँ भइसकेको जानकारी आएको बोगटीले जानकारी दिए ।

बोगटीले प्रहरी पत्रको आधारमा माइतीपक्षका आफन्तकहाँ बुझ्न पुगेको भएपनि आफूहरुले उनीहरुलाई झिकाउने लगायतका प्रक्रियाका सन्दर्भमा भने कसैले लिखित उजुरी दिएको सन्दर्भमा मात्रै हुनसक्ने बताए । पत्र आएपछि सोधखोज गर्नु सामान्य प्रक्रिया भएको पनि उनको भनाइ छ ।

पछिल्लो समय माझीले गाएको ‘चरी जेलैमा’ बोलको तीजको गीत चर्चामा आउँदै गर्दा विष्णु माझीको रहस्यमय जीवनशैलीबारे सामाजिक सञ्जालमा विभिन्न टिप्पणी हुँदै आएका छन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट