आइतबार, असोज ३ २०७८

नेपालले अमेरिकालाई ५ विकेटले हरायो,कुशल र रोहितको उत्कृष्ट ब्याटिङ


  • नेपालदीप
  • मंगलबार, भाद्र २९ २०७८
551
SHARES

काठमाडौं। ओपनर कुशल भुर्तेल र मिडलअर्डर ब्याट्सम्यान रोहितकुमार पौडेलले सानदार ब्याटिङ गरेपछि विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले विजयी सुरुआत गरेको छ।

सोमबार ओमान स्थित अल अमेरात क्रिकेट मैदानमा भएको भएको खेलमा कुशल र रोहित चम्किँदा नेपालले विश्वकप लिग २ अन्तर्गतको दोस्रो क्रिकोणात्मक सिरिजमा अमेरिकामाथि ५ विकेटको जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले १ ओभर बाँकी छँदै ५ विकेट गुमाउँदै भेट्टायो । नेपालाई सहज जित दिलाउने क्रममा कुशल भुर्तेलले ८४ रनको इनिङ खेले भने रोहितले ६२ रन बनाए।

९३ बल खेल्दै समान ३ चौका र छक्का प्रहार गर्दै ८४ रन बनाएका कुशल ओनपरका रुपमा एकदिवसीय क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। यो नेपालको एकदिवसीय क्रिकेटका तेस्रो सर्वाधिक उच्च स्कोर हो।

यस्तै, चौथो नम्बरमा ब्याटिङका लागि आएका रोहितले ८७ बल खेल्दै्र २ चौका र ३ छक्का प्रहार गरे । रोहितको यो एकदिवसीयमा लगतार तेस्रो अर्धशतक हो। यसअघि उनले पपुवा न्युगिनीविरुद्धका सिरिजका दुवै खेलमा अर्धशतक बनाएका थिए।

यस्तै, नेपालका लागि विनोद भण्डारीले ४८ बलमा ३७ र बनाउँदा आसिफ सेखले ४२ बलमा २३ रन बनाए। कप्तान ज्ञानेन्द्र मल्लले १५ बलमा १७ रन बनाए । अमेरिकाका सौरभ नेत्रवाल्करले २ तथा निसर्ग पटेलले १ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २३० रन मात्र बनाउन सक्यो । उसका लागि मोनक अग्रवालले शतक प्रहार गरेका थिए। अग्रवालले ११४ बलमा १०० रन जोड्दै शतक पूरा गरेका हुन्। उनी एकदिवसीयमा अमेरिकाका लागि शतक बनाउने दोस्रो खेलाडी हुन्।

सबै फर्म्याटमा भने यो उनको व्यक्तिगत रुपमै तेस्रो शतक हो। उनले आफ्नो पछिल्लो शतक पनि यही मैदानमा बनाएका थिए। युगान्डाविरुद्ध डिभिजन ३ अन्तर्गत भएको खेलमो उनले सो शतक बनाएका थिए।

अग्रवाल बाहेक अन्य ब्याट्सम्यानले भने उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। अमेरिकाका लागि निसर्ग पटेलले ३९ बलमा २१ रन जोडेर पभेलियन फर्किएका थिए भने ओपनरद्वय सुशान्त मोदनी र स्टिभन टेलरले क्रमशः २८ बलमा १६ रन र १७ बलमा १४ रन जोडेर आउट भएका थिए।

नेपालका लागि सन्दीप लामिछाने, बिक्रम सोब र सुशन भारीले समान दुई विकेट लिएका थिए भने कुशल मल्लले एक विकेट लिए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट