आइतबार, असोज ३ २०७८

मन्त्रिपरिषदको बैठक आज बस्दै


  • नेपालदीप
  • मंगलबार, भाद्र २९ २०७८
665
SHARES

काठमाडौँ। आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ। अपरान्न ४ बजे सिंहदरबारमा बस्न लागेको हो।मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको भन्दै सरकारको आलोचना भैरहेका बेला मन्त्रिपरिषदको बैठक बस्ने भएको हो।

शुक्रबार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा देउवाले मन्त्रीहरुको नाम दिन आग्रह गरेका थिए।  मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाई भएको भन्दै देउवाले अब ढिलो गर्न नहुने बताएका थिए ।

गठबन्धन दलहरुभित्र मन्त्री बन्न खोज्नेहरुको संख्या धेरै भएकाले नाम टुंगो लगाउन शीर्ष नेताहरुलाई समस्या छ । प्रधानमन्त्रीमा नियुक्त भएको दुई महिना हुन लाग्दासम्म देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको भन्दै सरकारको आलोचना भैरहेको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट