आइतबार, असोज ३ २०७८

विश्वकप लिग २: नेपाल आज घरेलु टिम ओमानसँग भिड्ने


  • नेपालदीप
  • मंगलबार, भाद्र २९ २०७८
817
SHARES

काठमाडौँ। आइसिसी विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र घरेलु टिम ओमानबीच खेल हुँदैछ। अल अमिरत क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसोको सवा चार बजे सुरू हुनेछ।

हिजोदेखि ओमानमा सुरु भएको नेपाल, अमेरिका र ओमान बीचको त्रिकोणात्मक सिरिजमा नेपालले विजयी सुरूवात गरिसकेको छ। पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गर्‍यो। नेपालको जितमा ओपनर कुशल भुर्तेल र मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे।

लिग-२ मा नेपालले ओमानसँग दुई खेल खेलिसकेको छ। सन् २०२० को फेब्रुअरीमा नेपालमा भएको सिरिजमा ओमानले नेपाललाई ८ विकेट र १८ रनले पराजित गरेको थियो।

सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ। सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज खेलेको थियो। नेपाल दुवै खेलमा विजयी भएको थियो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट